प्रा.डा.दिव्या सिंह शाह आइओएमको डिन नियुक्त

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा.डा. दिव्या सिंह शाह  नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषदको बुधबारको बैठकले सर्च कमिटीले सिफारिस गरेका तीन जनाको नाम मध्येबाट त्रिवि शिक्षणअस्पतालको मिर्गौला विभाग प्रमुख प्रा.डा.शाहलाई डिनमा नियुक्त गरेको हो।

प्रा.डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार प्रा.डा. प्रदीप बैद्य, प्रा.डा. दिव्यासिंह शाह र प्रा.डा. उत्तम श्रेष्ठको नाम सिफासिर गरेको थियो।

त्रिवि कार्यकारी परिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने व्यवस्था छ।

रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न जेठ २३ गते प्रा.डा. ज्ञवालीको संयोजकत्वमा कमिटी गठन भएको थियो। सो कमिटीमा प्रा.डा. सुवास प्रसाद आचार्य र प्रा.डा. जीवन शेरचन सदस्य रहनुभएको थियो।

प्रा.डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाउनुभएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को  डिन पद रिक्त भएको थियो।

डा शाहले बिहीबार कार्यभार सम्हाल्ने जानकारी दिनुभएको छ ।


ताजा खबर