थप ५८६ जनामा कोरोना संक्रमण देखियो : नेपालमा कुल संक्रमितको संख्या ७१७७ पुग्यो

गत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो। यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी समेत मन्त्रालयले  दिएको छ।

आजको प्रेस ब्रिफिङमा चिकित्सा शास्त्र अध्ययन संस्थानकी प्राध्यापक डा. मधु दिक्षित देवकोटालाई जनस्वास्थ्य बिज्ञका रुपमा कोभिड-१९ को ब्यवस्थापन र यसको बिष्लेषणका लागि आमन्त्रण गरिएको थियो ।प्रा.डा.देवकोटाले मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राख्नुभएका प्रतिनिधि प्रश्नहरुको जवाफ दिनुभएको थियो ।


ताजा खबर