आँधीबाट जोगाउन भारत र बंगलादेशका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

बंगालको खाडीबाट आउँदै गरेको तीब्र गतिको आँधीबाट प्रभावित हुनसक्ने भारत र बंगलादेशको तटीय क्षेत्रका दशौं लाख नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

अम्पन नाम दिइएको सो आँधीका कारण भारत र बंगलादेशको सीमामा बुधबारबाट क्षति पुर्याधउने बताएको छ । आँधीका कारण सो क्षेत्रमा माटो खस्ने, डुवान लगायतका समस्या हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पुर्याकउन २० वटा राहत समूहहरु तयारी अवस्थामा राखिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको प्रकोपका कारण दुबै देशका नागरिकलाई उचित रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्न कठिनाई भएको छ । सामाजिक दुरी कायम गरी नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चुनौती रहेको अधिकारीहरुले बताएका छन् ।

अम्पन दशकको सबैभन्दा शक्तिशाली आँधी भएको र यसले तटीय क्षेत्रमा ठूलो क्षति पुर्यासउने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् । यो आँधी पाँचौ चरणको रहेको र यो १ सय ८५ किलोमिटर प्रतिघन्टाको बेगमा आउने बताइएको छ । बीबीसी


ताजा खबर