अमेरिकी सदनबाट हाल सम्मकै ठूलो राशिको राहत प्याकेज समेटिएको विधेयक बहुमतले पारित

अमेरिकी सदनले इतिहासमै सबैभन्दा ठूलो राशिको ३० खरब डलरको राहत कोष विधेयक पारित गरेको छ । रिपब्लिकन र केही प्रगतिशील डेमोक्रयाट प्रतिनिधिले विपक्षमा मतदान गरेपनि राहत प्याकेज समेटिएको विधेयक बहुमतले पारित भयो ।

सीएनएनका अनुसार शुक्रबार साँझ अमेरिकी सदनमा निर्णयार्थ प्रस्तुत गरिएको विधेयकमा २०८-१९९ मतदान भयो । १४ जना डेमोक्रयाट तर्फका प्रतिनिधिले दलीय निर्णय विरुद्ध विपक्षमा मतदान गर्नुभयो । विपक्षी रिपब्लिकनका एक सांसदले विधेयकको पक्षमा मतदान गर्नुभयो ।

डेमोक्रयाट नेताहरुले राहत प्याकेजमा राज्य र स्थानीय सरकारका लागि बजेट छुट्याइएको बताएका छन् । संकटको बेला अबिलम्ब सम्बोधन गर्न ल्याइएको कानुनमा कोरोनाभाइरस परीक्षण, अमेरिकी नागरिकलाई प्रत्यक्ष भुक्तानी गरिने व्यवस्था गरिएको छ । सीएनएन


ताजा खबर