रुसमा कोभिड-१९ को संक्रमण तीब्र : पचास हजार नयाँ संक्रमित थपिए

 पछिल्लो चार दिनमा पचास हजार भन्दा बढी नयाँ संक्रमित थपिएपछि रुस कोभिड–१९ को अर्को नयाँ केन्द्रबिन्दु बनेको छ । अमेरिकामा नयाँ संक्रमित थपिने दरमा कमी भएपनि भारत र रुसमा कोभिड–१९ को संक्रमणदर बढ्दो छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसमा बिहिबारसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक लाख ७७ हजार १६० पुगेको छ । र रुसको राजधानी मस्को शहर नयाँ थपिने संक्रमितमा सबैभन्दा बढी छ । मस्को शहरमा मात्रै ९२ हजार ६७६ संक्रमित पुष्टि भएका छन् । मस्को शहरका मेयर सरगेई सोबयानिनले संक्रमितको संख्या दत्र्ता गरिएकोभन्दा अझै बढी हुनसक्ने बताउनुभएको छ । रुसी एक सञ्चारमाध्यमसँगको कुराकानीमा मेयर सोबयानिनले मस्कोमा मात्रै संक्रमितको संख्या करिब तीन लाखसम्म हुने खुलाउनुभएको छ ।

अद्यावधिक तथ्याङ्क बमोजिम रुस अब विश्वको पाँचौं सबैभन्दा बढी संक्रमित भएका राष्ट्र बनेको छ । पछिल्लो चौबिस घण्टामा रुसमा ११ हजार २३१ जना नयाँ संक्रमित थपिएका छन् । रुसी अधिकारीहरुका अनुसार रुसमा हालसम्म कोभिड–१९ को संक्रमणबाट एक हजार ६२५ जनाको मृत्यु भएको छ । रोयटर्स

 


ताजा खबर