कारोनाभाइरसबाट अमेरिकापछि बेलायतमा धेरै मृत्यु

बेलायतमा कोरोनाभाइरस संक्रमितको मृत्युदर बढ्दै गएको छ। त्यहाँ इटाली र स्पेनमा भन्दा बढीको मृत्यु भएको छ। बेलायत युरोपमा सबैभन्दा धेरै र विश्वमै अमेरिकापछि धेरै मृत्यु हुने देश भएको छ।

मंगलबार एकैदिन ६९३ जनाको मृत्यु भएपछि त्यहाँ कूल मृतकको संख्या २९ हजार ४२७ पुगेको छ। पाँच दिनदेखि दैनिक घटिरहेको मृत्युदर मंगलबार ह्वात्तै बढेको हो। सोमबार त्यहाँ २८८ जनाको मृत्यु भएको थियो।

इटालीमा अहिलेसम्म २९ हजार २९ हजार ३१५ र स्पेनमा २५ हजार ६१३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा मृतकको संख्या ७२ हजार २५६ पुगेको छ। त्यहाँ मंगलबार २३ सय ३५ जनाको मृत्यु भयो।

अहिलेसम्म विश्वमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ५८ हजार नाघिसकेको छ। कूल संक्रमित ३७ लाख २४ हजारभन्दा माथि पुगेको छ। तीमध्ये करीब १२ लाख ४० हजार निको भएका छन्। बीबीसी


ताजा खबर