पिपिई सहि प्रयोगका लागि ॐ हस्पिटलको बहुभाषी सन्देश सार्वजनिक (भिडियो सहित)

काठमाडौको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वास्थ्यकर्मीले संक्रमणबाट जोगिन प्रयोग गर्ने ब्यक्तिगत सुरक्षा सामग्रि (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिई लाई सहि तरिकाबाट कसरी प्रयोग गर्ने र प्रयोग गरिसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेर बहुभाषामा श्रव्य दृश्य सचेतना सामाग्रीको तयार गरि आफ्नो अफिसियल समाजिक सञ्जाल फेसबुकपेज  मार्फत  सार्वजनिक गरेको छ ।

अस्पतालले बहुसंख्यक नेपालीहरुले बोल्ने मुख्य मुख्य पाँच भाषा नेपाली, तामाङ, मैथिली, डोटेली र नेपाल भाषामा ति सामाग्री तयार गरेको हो । कोभिड-१९ कोरोना भाईरसको संक्रमणको त्रास र लकडाउनको प्रतिकुल अवस्थामा स्वास्थ्यकर्मीहरु स्थानीय स्तरमा तयार गरेर पिपिई प्रयोग गरिरहेको अबस्था छ ।

यसरी तयार पारिएको पिपिईलाई सहि रुपमा प्रयोग गर्न र प्रयोग पछि सहि ब्यवस्थापन गर्न ॐ अस्पतालको इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटका नर्सिङ स्टाफहरुले  सरल र सहज रुपमा स्वास्थ्यकर्मीहरुलाई भिडियो अनुशिक्षणको माध्यमबाट सम्झाउनु भएको छ ।

अडियो भिजुअल सचेतना सामाग्रीमा पिपिई सेटको प्रयोग र व्यवस्थापन सँगै अपनाउनुपर्ने आवश्यक साबधानीहरु बारे पनि स्पष्ट पारेको छ । ति सामाग्रीहरु तयार गर्न नेपाल भाषामा लागि नर्सिङ सुपरभाइजर शुष्मा शाक्य, तामाङ भाषाका लागि स्टाफ नर्स सुमी योन्जन, मैथिली भाषाका लागि स्टाफ नर्स सुष्मा देव र डोटेली भाषाका लागि स्टाफ नर्स सीता धामीले भाषिक सहयोग गर्नुभएको अस्पतालले जनाएको छ ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) ले शक्तिशाली राष्ट्रहरुमा पनि धेरै जनाको ज्यान  गईसकेको छ । नेपालमा पनि १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । एक जना उपचार पश्चात घर फर्किसकेको अवस्था छ ।

महामारीको यस्तो संक्रमणकालिन तथा जोखिमपूर्ण समयमा निजि अस्पतालहरुले बिरामीलाई आपतकालनि सेवा पनि उपलब्ध नगराएको आरोपका बीचमा काठमाडौंको ॐ अस्पतालले भने कोभिड-१९ लाई लक्षित गरी बिशेष फिवर क्लिनिक, भिन्नै इमर्जेन्सी बेड सहित आठ बेड सहितको बिशेष कोभिड १९ आइसोलेशन वार्ड समेत संचालन गरेको छ । साथमा लकडाउनमा रहेका बिरामीलाई सेवा सहजिकरणका लागि हरेक दिन बिहान ११ः०० बजेदेखी अपरान्ह १ः०० बजेसम्म टेलिमेडिसिन मार्फत सेवालाई निरन्तरता दिएको छ ।

नेपाल भाषाको भिडियो

मैथली भाषाको भिडियो

तामाङ भाषाको भिडियो

डोटेली भाषाको भिडियो


ताजा खबर