लक डाउन वैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि वैशाख १५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १५ गते मध्यरातसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाल जानकारी दिनुभयो ।

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि छिमेकी मुलुकहरुले अघि बढाएका प्रयास, उनीहरुका अभ्यास र अनुुभवलाई सिकाईका रुपमा लिंदै सीमा क्षेत्रका सबै प्रवेश विन्दुहरुमा आवागमन स्थगन गर्ने, लुकीछिपी आवागमन हुन नदिन कडाई गर्ने निर्णय गरेको छ ।

मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा सुरक्षाकर्मीको परिचालन थप प्रभावकारी बिनाउने निर्णय भएको जानकारी पनि दिनुभयो ।

उहाँले अनधिकृत रुपमा लुकिछिपी आउनेलाई पक्राउ गरी प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णय भएको पनि बताउनुभयो ।

बैठकले प्रशासन समूहका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गर्ने र इन्जीनियरिङ्ग समूहका सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टको कार्यालयमा पदस्थापना गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । रासस


ताजा खबर