बडा दशैंको अवसरमा बालबालिका र बृद्धबृद्धालाई उद्दब पौडेल फाउन्डेसनको शुभकामना सहित उपहार वितरण

उद्दब पौडेल फाउन्डेसनले बालबालिका र बृद्धबृद्धालाई दशैंको शुभकामना दिंदै उपहार वितरण गरेको छ । टोखामा आयोजित एक कार्यक्रममा फाउन्डेशनले पवित्र समाज नेपालका ७० जना वृद्धवृद्धा तथा बालबालिकालाई नयाँ लुगा उपहार दिएको हो ।

बृद्धबृद्धा र अनाथ बालबालिकाले पनि अरुले मनाए जसरी नै दशैं मनाउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेन्सनले जनाएको छ । साथै उक्त कार्यक्रमको उद्घाटनमा फाउण्डेशनका सानो सदस्य आरिया पौडेलले, पवित्र समाजका अनाथ बालबालिकालाई दशैको उपलक्ष्यमा लुगा, कपडा उपहार दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।


ताजा खबर