कतार र नेपालबीचका विभिन्न समझदारी र सम्झौता

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

blog

समझदारी र सम्झौता

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारीपत्र

२. राष्ट्रिय समाचार एजेन्सी, नेपाल (RSS) र कतार समाचार एजेन्सी (QNA) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता

३. नेपाल सरकार र कतार राज्य सरकार बीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (MoU)

४. नेपाल सरकार र कतार राज्य सरकार बीच युवा र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्र

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी पत्र

६. नेपाल सरकारको परराष्ट्र मामिला संस्थान (IFA) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थान बीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बीच संयुक्त व्यापार परिषद (JBC) स्थापना गर्ने सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बीचको समझदारी ज्ञापन (MoU) को नवीकरण


ताजा खबर