राप्रपाले काठमाडौंमा आज विरोध प्रदर्शन गर्दै

 राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ ।

सरकारलाई बुझाएको ४० बुँदे माग कार्यान्वयन नभएको भन्दै राप्रपाले चैत २७ गतेका लागि राजधानीमा विरोधसभाको घोषणा गरेको थियो ।

विरोधसभाको पूर्वसन्ध्यामा राप्रपाका नेता-कार्यकर्ताले हिजो काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण विरोध प्रदर्शन पनि गरेका थिए ।


ताजा खबर