पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक लोकार्पण तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढिरहेको बताउनुभयो ।

सार्वजनिक पुस्तकमा समूहका सदस्यले नेपालको संस्कृति, कला, पर्यटन झल्कने खालका विभिन्न समयमा खिचेका फोटो करीब १९० फोटो रहेका छन् । -रासस


ताजा खबर