कपालको सबैभन्दा धेरै बीमा गर्ने व्यक्ति

बीमा कम्पनीहरुले विभिन्न पोलिसीहरु विक्रीमा ल्याएका छन् । विदेशी मुलुकमा हेर्ने हो भने सामान्य मानिसदेखि कलाकार, खेलाडी लगायतका व्यक्तिहरुले अंग–अंगको बीमा गराउने गर्दछन् ।

विश्वकै सबभन्दा बढी कपालको बीमा गर्ने व्यक्ति ट्रोय पोलामालु हुन् । उनी सयुक्त राज्य अमेरिकाको राष्ट्रिय फुटबल लीगको क्लब पिट्सबर्ग स्टिलर्सका खेलाडी हुन्

जसको ट्रेडमार्क लकको एक मिलिएन अमेरिकन डलरको बीमा भएको थियो । बीमा गर्ने कम्पनी लन्डन ल्यूडिस आफ लण्डन हो भने उनको बीमा हेड एण्ड सोल्जर स्याम्पुले गराएको थियो । उनको कपालको बीमा अगष्ट २०१० मा भएको थियो ।

आफ्ना पुर्खाहरुको श्रद्धाञ्जलीका लागि पोलामालुले सन २००० पछि पनि उनको कपाल काटेका छैनन् । पोलामालुको बीमा गरिएको कपाल तीन फिट लामो थियो । – एएनआई

 

 


ताजा खबर