स्वस्थानि व्रत पुष २५ गते आरम्भ हुँने

यस वर्षको स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नरहने ज्याेतिषी हरुले जानकारी गराएका छन । पाैष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हाे ।

हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाकाे शिवलिङ्ग बनाई श्री स्वस्थानीकाे व्रत बसेर मनाेकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लाेककल्याणका लागि पृथ्वीमा बसाेवास गर्ने हरुकाे सुख, शान्ति एैश्वय प्राप्त हाेस कसैले दुख कष्ट भाेग्न नपराेस भनेर प्रारम्भ भएकमे विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीकाे व्रतकाे सुरुवात भगवान् विष्णुकाे सल्लाहमा पहिलाे पटक पार्वतीले गर्नु भएकाे हाे । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेकाे यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छाेरी पार्वतीका रुपमा उनकाे जन्म भएकाे हाे । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहकाे कामना सहित गरिने व्रत हाे । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीकाे कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा  आएका गुह्येव्वरी, गाेकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गाैरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रकाे विशेष वर्णन गरिएकाे छ । स्वस्थानीमा वर्णन गरिएकाे लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेकाे छ । मुलुक भर शिवकाे मन्दिरमा पुजा तथा स्वस्थानीकाे पाठ सुन्ने प्रचलन रहिआएको छ । -सफल नेपाल


ताजा खबर