अस्ट्रेलियामा दसैं तिहारको रौनक

अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीमा नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिलमा दसैं तिहारको रौनक छाएको छ।

स्थानीय ग्रानभिल नेप्लिज कम्युनिटीको आयोजनामा शुक्रबार दसैं तिहार साँझ भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष ध्रुव सुवेदी, आइसिसीका पूर्वयुवा संयोजक विजय पोखरेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रायोजक तथा सहयोगीहरूलाई अध्यक्ष रमेश थापा, एनआरएनका पूर्वअध्यक्ष गोवा कटुवाल लगायतले कदरपत्र प्रदान गरेका थिए।


ताजा खबर