इपिएस-कोरियन भाषा परीक्षा आउँदो फागुन ७ देखि

रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषाको परीक्षा आउँदो फागुन ७ देखि हुने भएको छ । कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२४ लागि उत्पादनतर्फको परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीमा हुने जनाएको छ ।

सो शाखाका अनुसार परीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार इपिएस कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुन परीक्षार्थीलाई आग्रह गरेको छ ।

blog
FILE PHOTO -RSS

सो शाखाका अनुसार परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाई हुने छ । परीक्षा समयभन्दा एक घण्टाअगाडि परीक्षा हलमा ओरेन्टेसन सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी गराइने छैन । परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।

सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।   रासस


ताजा खबर