बङ्गलादेश कबड्डी लिगमा नेपालका चार खेलाडी

बङ्गलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।

बङ्गलादेश कबड्डी सङ्घको आयोजनामा मङ्सिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गङ्गा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले प्रतिस्पर्धा गर्नुहुनेछ ।

चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्ने टोलीका सदस्य हुनुहुन्छ । अफिसियलमा भगवती अधिकारी हुनुहुन्छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । पाँच सदस्यीय टोली मङ्गलबार बङ्गलादेश प्रस्थान गर्दैछ ।


ताजा खबर