रैतीहरुमा सिप बढ्यो भने, देशको नसिब खुल्छ, हिमचुलीको सुन्तले घाँम झै, हाम्रो देश बन्छ : स्वर सम्राट नारायण गोपाल

स्वदेश गीत: श्यामदास वैष्णवको रचनामा स्वर सम्राट नारायण गोपालको स्वर
अरुको भरमा पर्नु हुँदैन,आफ्नै भरमा जिउनु
दर्बिलो खुट्टा टेकी सबले, गर्भिलो आँखा पार्नु ।
 
रैतीहरुमा सिप बढ्यो भने, देशको नसिब खुल्छ
हिमचुलीको सुन्तले घाँम झै, हाम्रो देश बन्छ ।
 
तान चलाउनु,चर्खा कात्नु, दुबो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु, स्वाभिमानी भै हिड्नु ।
 
तान चलाउनु,चर्खा कात्नु, दुबो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु, स्वाभिमानी भै हिड्नु ।
 
नुन लिई वा चुन दिई, सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो, यसको रक्षा गर्नु ।
 
हेर फिरङ्गी, हेर फिरङ्गी पस्लान घुस्लान घुस्लान,
सबले रक्षा गर्नु ।
 
तान चलाउनु,चर्खा कात्नु, दुबो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु, स्वाभिमानी भै हिड्नु ।
https://www.youtube.com/watch?v=T3m8BqhBW6g&list=RDT3m8BqhBW6g&index=1
#स्वरसम्राट #नारायणगोपाल #स्वरसम्राटकोसम्झना  सम्झनामा नारायण गोपाल ? (स्मृति दिवस).

ताजा खबर