प्रधानमन्त्रीद्वारा गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल  गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत विहिवार भएको छलफलमा प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने लगायतका विषयमा छलफल भएङ्को थियो।   बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सम्म सम्वेदनशील हुन निर्देशन दिनुभयो  ।

सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने उदेेश्यले भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।


ताजा खबर