मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटलाई

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । उमङ्ग क्रिएसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पार्नुभएको हो ।

आइतबार, गोदावरीको कन्फ्रेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनाले सम्पन्न भएको हो । समारोहमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी हुनुभएको हो ।

त्यस्तै, फस्ट रनर अप गरिमा घिमिरे, सेकेन्ड रनर अप, बुद्धि सारा सुनारा, तेस्रो रनर अप सितास्मा पोख्रेल र चौथो रनर अप अभिलाषा लम्साल हुनुभएको हो ।

विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराउनुभएको हो । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी थियो ।

एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, सङ्गीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति रहनुभएको थियो ।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भाडोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । रासस


ताजा खबर