सरकारले निजामती सेवाका ४० कर्मचारीलाई पुरस्कृत गर्ने

सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिनुभएको हो ।

यसैगरी, मन्त्री शर्माले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा पेस गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

त्यस्तै, बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने र सङ्घीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ । रासस


ताजा खबर