काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

उनको बिहीबार बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा भाइरल निमोनियाको उपचार गराइरहेका रिजालको एआरडिएस भई रिफ्रेक्टरी सेप्टिक सक र एक्युट किड्नी इन्जुरीका कारण आज बिहान निधन भएको मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको हस्ताक्षर सहित अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

May be an image of ticket stub, blueprint and text

काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत रहेका रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो । फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो ।

सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।


ताजा खबर