प्रतिजैविक औषधीमा रातो धर्का राख्न निर्देशन

औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीमा अनिवार्य रूपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

औषधी सल्लाहकार समितिको ५५ औँ बैठकबाट विभागलाई सो व्यवस्था लागु गर्न सिफारिस आएसँगै विभागले बुधबार विज्ञप्तिमार्फत औषधी उत्पादन तथा आयातकर्तालाई अनिवार्य औषधीको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।

समितिले विभागलाई गरेको सिफारिस अनुसार प्रतिजैविक वर्गको औषधीको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधीमा अनिवार्य रूपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ ।

विभागका अनुसार प्रतिजैविक औषधीको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्राेबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधकिो प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ । रासस


ताजा खबर