रासायनिक मलको सहज आपूर्ति, किसान खुशी

धनुषा तथा महोत्तरी जिल्लामा रासायनिक मलको सहज आपूर्ति भइरहेको छ । धानको रोपाइँमा वर्षाका कारणले समस्या भए पनि मलमा समस्या नभएको किसानहरूको भनाइ छ ।

धनुषा तथा महोत्तरीका २७ पालिकाहरूमा रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेड जनकपुरका कार्यालय प्रमुख बेचन कुमार साहले अहिले कम्पनीसँग युरिया १३९६.६५० मेट्रिक टन, डिएपी ६८७.३०० मेट्रिक टन र पोटास ४१.९५० मेट्रिक टन मौज्दात रहेको जानकारी दिनुभयो ।

सरकारले अनुदानमा उपलब्ध गराएको मल धनुषा तथा महोत्तरीको २०६ डिलर मार्फत वितरण गर्ने काम भइरहेको छ । धनुषामा १११ डिलर र महोत्तरीमा ९५ डिलर छन् । प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार नै डिलरहरूले वडा स्तरमा रासायनिक मल वितरण गरिरहेका हुन् ।

यस वर्ष पर्याप्त मात्रामा पानी नपरेका कारणले धानको रोपाई अपेक्षा अनुसार नभए पनि रासायनिक मलको सहज आपूर्ति भएका कारणले उत्पादनमा त्यति नकारात्मक प्रभाव नपर्ने किसानहरूको विश्वास छ ।


ताजा खबर