बाँच तिमी, बाँच्न देओ सबैलाई

शोभा पाण्डेय/सिलवाल

कसका गिद्धे नजर पर्यो हाम्राे नेपालमा ?
सद्भाव खल्बलिँदै गाछ यो देबभूमिमा ।
नैतिकता ,मानवता हेर कहाँ गयो ?
आमा सरह गाई काटी खाने बेला आयो ।
राष्ट्रिय जनावर गाई हाम्री माता
निर्मम तरिकाले हत्या गरी खाँदा ।
पुर्खादेखि चली आको रीत कहाँ गए?
गणतान्त्रिक व्यवस्थामा गाई काटी खाए।
नेपालमा धार्मिक सहिष्णुता भरिएको थियो
गाई खाँदा यो देशको पहिचानै गयो  ।
गौतम बुद्ध जन्मिएको देशमा हेर ऐले
गाई काटी खानेलाई देऊ दण्ड पहिले ।
धर्म  निरपेक्ष भन्या गाई खानलाई ह्वैन
देशप्रेमी नेपालीले कुकृत्य गर्दैन ।
राष्ट्रिय जनावरको संरक्षण गरौँ
जुनै धर्म माने पनि गौ हत्या नगरौँ ।
खान गाई नपाएमा तिमी मर्ने ह्वैनौ
नेपाल आमा रुवाएर ठुला बन्ने छैनौ ।
विचार गर दाजुभाइ हो सराप्लान् पुर्खाले
आफूले नै आफैलाई सिद्ध्याउँछ मूर्खले ।
धर्म रहे देश रहन्छ देश रहे हामी
पिछलग्गु नबनौँ न आफ्नो कान छामी ।
चार जात छत्तीस वर्ण सुन्दर नेपाल हाम्रो
सबै मिली काम गरे हुन्छ अति राम्रो ।
आफू पनि बाँच तिमी बाँच्न देओ सबैलाई
यसमा हुन्छ सबको अति ठुलो भलाई ।

 


ताजा खबर