बूढो साउन

शोभा पाण्डेय/सिलवाल

दुई हजार असी सालको बूढो साउन आयो
हेर्दा  हेर्दै धान राखेको गोदाम बगायो  ।
प्रकृतिलाई जित्छु भन्दै मान्छे अगि बढेको
विज्ञानलाई साथ लिँदा हानि भएको  ।
देशभरिका घटनाले भावविह्वल बनायो
टिभी हेर्दा,सम्चार सुन्दा सबलाई रुवायो ।
रुख काटी जताततै बाटो ढल खनदा
प्रकृतिलाई मानिसले  जित्न खोजदा  ।
 अल्पवृष्टि,अनावृष्टि,अतिवृष्टि हुनाले
दुःख पाए नदी तटमा जनता बस्नाले  ।
लास जलाउन साह्रै गाह्राे आगो सल्किएन
कति बगे  मलामी नि घरै फर्किएनन्  ।
गरिबलाई दैवले नि साह्रै दुःख दिए
करोडपति एकै छिनमा रोडपति भए ।
धनजन क्षति होला भनी सचेत नबन्दा
जनताको कष्टको मूल्य नहुँदा ।
उर्लेका छन् खहरे बढेका छन् सरिता
दुः ख पाका जनताको नहेर् रमिता  ।
छिटोभन्दा छिटो उद्धार पीडितको गरियोस्
बाढीपीडित जनताको पेट भरियोस् ।

ताजा खबर