विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ।

फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो।

फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।

बुधबार सार्वजनिक भएको विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा फ्रान्सका बेनार्ड अल्नार्ड छन् । उनको कुल सम्पत्ति २२८.५ बिलियन अमेरिकी डलर छ । दोस्रो स्थानमा एलन मस्क रहेका छन् ।

अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्।

यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।


ताजा खबर