‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घोषित

यस वर्षको ९५औँ ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अवार्डमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो चलचित्रले पुरस्कार जितेको हो ।

भारतीय चलचित्र ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ गीतको अवार्ड हात पारेको छ । त्यस्तै सर्वश्रेष्ठ ध्वनिमा ‘टपगन माभेरिक’, सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्लेमा ‘वुमन टकिङ’ (सारा पोली), सर्वश्रेष्ठ मौलिक पटकथामा ‘ड्यानियल क्वान’ र ‘ड्यानियल स्किनर्ट’, सर्वश्रेष्ठ भिजुअल इफेक्ट ‘अवतार द वे अफ वाटर’ले हात पारेको छ ।

अवार्डमा मिसेल योह उत्कृष्ट अभिनेत्रीको ओस्कार जित्ने पहिलो एसियाली कलाकार हुनुभएको छ । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा गर्नुभएको चरित्रबाट मलेसियाली अभिनेत्री योहले यो अवार्ड हात पार्नुभएको हो । त्यस्तै सर्वश्रेष्ठ ओरिजिनल स्कोर र सर्वश्रेष्ठ प्रोडक्सन डिजाइनमा ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ तथा सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्ममा ‘द एलिफेन्ट विह्स्पर्स’ले अवार्ड हात पारेका छन् । रोयटर्स


ताजा खबर