नयाँ राष्ट्रपति चयनका लागि विहिवार मतदान

साँझ ७ बजे भित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुँदै छ ।

संघीय संसद भवन नयाँ बानेशवरमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान विहान १० वजेदेखि दिउसो ३ वजेसम्म हुनेछ । मतदान सम्पन्न भएसँगै गणना सुरु गर्ने र भोली साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ ।

संघीय संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरन्य व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।  सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्रको व्यवस्था लगायतका अन्य तयारी बुधबार दिउसो नै गरिसकिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । मतदान वहिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।

निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र सञ्चारकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था समेत गरिएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिने व्यवस्था गरिएको छ । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौँ आइपुगिसक्नु पनि बताइएको छ ।

निर्वाचनसंगै संघीय लोकतान्त्रिक गणतनेत्त्र नेपालले तेश्रो राष्ट्रपति पाउदै छ । पहिलो राष्ट्रपतिकारुपमा डा रामवरण यादवको कार्याकाल २०६५ देखि २०७२ साल सम्म रह्यो । करिव ७ वर्ष राष्ट्रपति रहनुभएका यादवबाटै नेपालको संविधान जारी भयो । त्यसैगरी वर्तमान राष्ट्रपति विद्यदेवी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते राष्ट्रपति निर्वाचित हुनुभयो । राष्ट्रपपति भण्डारीले पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न वि.सं. २०७४ साल फागुन ३० गतेदेखि दोस्रो कार्यकालका लागि निर्वाचित भएर राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको हो ।

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने नेपालकै पहिलो र विश्वको छब्बीसौँ महिला हुनुहुन्छ । विहिबार हुने निर्वाचनसंगै मुलुकले तेश्रो राष्ट्रपति पाउदै छ । अव निर्वाचित राष्ट्रपति व्यक्तिका हिसावले तेश्रो र कार्कालका हिसावले चौथो कार्यकालका लागि हुनेछ । रासस


ताजा खबर