सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले रास्वपाका मन्त्रीहरूले आजै राजीनामा दिने बताए।

रास्वपाका मन्त्रीहरूले राजीनामा बुझाउने भए पनि सरकारलाई दिएको समर्थन यथावत् रहने सभापति लामिछानेले बताए। हाल रास्वपाका दुई मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन्।

पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थन कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरूलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेको छ।”

 


ताजा खबर