खानपान र जीवनशैली राम्रो बनाए मधुमेहवाट बच्न सकिन्छ

आज १४ नोभेम्बर आजको दिनलाई  संसारभर विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ । पछिल्लो समय जीवनशैली, आहार विहारजस्ता कारणले मानिसमा मधुमेहको समस्या बढ्दै गएको पाइन्छ । यसै मेसोमा ॐ अस्पतालमा कार्यरत डा. बजरङ्ग रौनियारसँग मधुमेह, यसका लक्षण र यसले निम्त्याउने समस्यालगायतका विषयमा केन्द्रीत रहेर गरिएको सफल कुराकानीको सम्पादित अंश ।

मधुमेह कस्तो रोग हो त ?

मधुमेह एउटा दीर्घकालीन रोग हो । यो रोग हामी आफैले निम्त्याउने रोग हो । किनभने यदि हामीले हाम्रो जीवनशैली राम्रो बनाइ राखेका छैनौ भने यो रोग लाग्ने ९९ प्रतिशत सम्भावना बढी रहन्छ । त्यसैले यसलाई दीर्घकालीन रोग भनिन्छ । यसलाई जरैबाट निको पार्न सकिदैन् ।

मधुमेह भएको कसरी थाहा पाउने ?

५० प्रतिशत मानिसहरुलाई मधुमेह भएको थाहा हुँदैन् । उनीहरु कुनै कारणबस जस्तै : घाउ निको भएन, टाउको दुख्यो, रिङटा लाग्यो, कब्जियत भयो, खुट्टा झमझमायो भन्दै बिरामीहरु अस्पताल आयो भने त्यो बेला उनीहरुलाई मधुमेह भएको कुरा थाहा हुन्छ । त्यसैले ५० प्रतिशत केसहरूमा मधुमेहले कुनै पनि लक्षण देखाउँदैन् । कतिपय केसहरूमा यो रोगले मुटु, मिर्गौलामा असर पारिसकेपछि मात्र बिरामीहरुलाई मधुमेह लागेको थाहा हुन्छ भने ५० प्रतिशतहरूमा मुख सुक्ने, हात खुट्टा झमझमाउने, थकाइ लाग्ने, शरीर दुब्लाउँदै जाने, टाउको धेरै दुख्ने, पिसाव पोल्ने समस्या पनि देखिन्छ ।

कस्ता जोखिम भएका मानिसहरुमा यो रोग लाग्ने यो रोग लाग्ने सम्भावना रहन्छ ३० वर्षभन्दा माथिका मानिसहरुमा, मोटोपन भएका, रक्तचापको समस्या भएमा, कोलस्ट्रोल भैसकेका र धेरै चिन्ता लिने मानिसहरुलाई यो रोगको लाग्ने सम्भावना रहन्छ ।

मधुमेहले निम्त्याउने समस्याहरु के-के हुन सक्छन् ?

यो रोगले सबैभन्दा पहिले आँखामा असर गर्न थाल्छ । हाम्रो देशमा अन्धोपनको कारण मधुमेह पनि देखिएको छ । यो रोगले मिर्गौलामा असर गर्न सक्छ । हृदयघात, मस्तिष्कघात र घाउँहरु चाडै निको नहुनु मधुमेहले निम्त्याउने समस्या हुन् ।

मधुमेह कति प्रकारका हुन्छन् ?

मधुमेहलाई तीन वटा भागमा विभाजन गरिन्छ । पहिलो टाइप१ रहेको छ, जुन बच्चादेखि देखिन्छ, यो २० वर्ष उमेर समूह सम्मकालाई देखिन्छ । टाइप १ मा प्याङ्क्रियाज भन्ने ग्रन्थीले इन्सुलीस भन्ने हर्मोन नै उत्पादन गर्दैन् । उनीहरुलाई जीवनभर इन्सुलीन नै चाहिन्छ । दोस्रो टाइप२ मधुमेह जुन हाम्रो जीवनशैली नमिलेर हुने रोग हो । साथै, यो वंशाणुगत पनि हुन्छ । तेस्रो, गर्भावस्थामा हुने मधुमेह । गर्भावस्थामा देखिने मधुमेहलाई गेस्टेस्नल मधुमेह भनिन्छ ।

मधुमेह भएका मानिसहरुले भात, आलुजस्ता खानेकुरा किन खानु हुँदैन ?

मधुमेह लागेकाहरुले आलु, भात खानु हुँदैन भन्ने धारणा गलत हो । प्रकृतिले मानिसहरुलाई खाउँ भनेर दिएको पौष्टिक आहार (जस्तै मासु, अण्डा, भात फलफूल सबै मिलाएर खायौं भने सबै कुरा खान मिल्छ । नखाने कुराहरुमा फ्याक्ट्री बनेको जुसहरू जस्तै ः कोकहरूमा कुनै पनि पौष्टिक आहार हुँदैन । चिनीहरू नखाने, चामल सकभर नखाने, खानु नै छ भने एक सयदेखि एक सय ५० ग्रामसम्म खान मिल्छ । आलु एकदमै पौष्टिक आहार हो । तरकारीमा २ देखि ३ टुक्रासम्म मिलाएर पकाएर खायौं भने त्यो राम्रो हो । तर, आलु तारेर २० टुक्रा खायौं भने त्यसले नराम्रो असर गर्छ । आधा लिटर गति दुध पिउनु, दिनको एउटा अण्डा खानु, हप्ताको १ पटक रातो मासु, हप्ताको ३ पटक सेतो मासु चिल्लो नगरी २ तीन दिनसम्म खान सकिन्छ । दिनमा एउटा फल खानुपर्छ । सबैथरी खानु छ भने एक—एक पिस गरी खानु पर्छ । खाने कुराहरु समयमा राम्रोसँग खानु पर्छ । पौष्टिक आहारहरू मिलाएर खाने गर्नुपर्छ ।

यसको जोखिमबाट बच्न के-के कुरामा सावधानी अपनाउनु पर्छ ?

खानपान, व्यायाम र तनावमा ध्यान दिन आवश्यक छ । खानेकुरामा पौष्टिक आहार खानुपर्छ । व्यायाम गर्दा हाम्रो मुटुको धड्कन फुल्ने व्यायाम गर्नुपर्छ । ३० देखि ३५ मिनेट जति व्यायाम गर्न आवश्यक छ । राम्ररी व्यायाम गर्नेहरुले हप्ताको ५ दिन मात्रै व्यायाम गरे पुग्छ । तनावमा पनि ध्यान दिनुपर्छ । मानसिक र शारीरिक तनावमा ध्यान दिनुपर्छ । जस्तैः शारीरिक तनावले गर्दा केही समय सुगर बढ्न सक्छ, मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । मधुमेहका बिरामीहरुले आफनो शरीरको चेकजाँच समय-समयमा गराइराख्नुपर्छ र विषेशज्ञले भनेअनुसार खाने कुरा खानु पर्छ । यो रोग १० प्रतिशत वंशाणु पनि हुन्छ । यो रोग लाग्न नदिन हामीले आफनो जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ । टाइप २ मधुमेह जुन हाम्रो जीवनशैलीमा ध्यान नदियौ भने लाग्ने गर्छ । यसमा लामो समयसम्म सुगर नियन्त्रणमा आएन भने भित्री ग्रन्थी जसलाई प्यानक्रियाज भनिन्छ । जसले इन्सुलीन भन्ने हर्मोन निकाल्छ त्यो ग्रन्थीले कम गर्ने काम गर्न थाल्छ र त्यस्ता बिरामीहरुलाई केही समयको लागि इन्सुलीन दिनुपर्ने हुन सक्छ ।

इन्सुलीनबारे विभिन्न भ्रमहरु पनि छन् नि ?

कतिपय मानिसहरुमा इन्सुलीन लगाउनु लास्ट स्टेज हो भन्ने गलत सोच आउँछ । त्यो एकदमै गलत हो । केही समयसम्म इन्सुलीन दिइन्छ र त्यसले हाम्रो प्यानक्रियाज भन्ने ग्रन्थीबाट इन्सुलीनहरु आफै उत्पादन हुन थाल्छ । भित्रको इन्सुलीनले काम गर्न थाल्छ । र, विस्तारै बाहिरको इन्सुलीनहरु बन्द हुन्छ । हामीले जति इन्सुलीन दिएपनि जती राम्रो उपचार गरेपनि जीवनशैलीमा परिवर्तन ल्याएनौ भनेसम्म कुनै पनि औषधीले काम गर्न गाह्रो हुन्छ । यसमा डराउनु पर्ने केही छैन ।

कतिपय बिरामीहरुले मधुमेहको औषधीले मिर्गौलामा असर पर्छ भन्ने भ्रम रहेको छ । यसले मुटु र मिर्गौलामा कुनै पनि असर गर्दैन् । यदि धेरै समयसम्म २०० सुगर, ३०० सुगरमा शरीरमा रहिराख्यो यसले मिर्गौलामा असर पर्छ । औषधीले त शरीरमा यो रोगबाट मिर्गौलालाई बचाउने काम गर्छ ।


ताजा खबर