बुलु मुकारुङको ‘इलामे शहर चियाबारी राम्रो’ अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल : नोर्बु शेर्पाले गरे रिएरेन्ज …भिडियो सहित

एकताका निकै लोकप्रिय रहेको गंगाराज मुकारुङद्वारा रचित गीत ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो’को पुनः गायन गरी म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ ।

बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो । नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन् ।

सुजन गुरुङले शृँगार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायांकन गरेका हुन् । भिडियोको जीवन मुकारुङले निर्देशन र सम्पादन गरेका छन् । उक्त भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।


ताजा खबर