मोबाईल फोन हराउदा पिर गर्नु पर्दैन : भेटाउने सजिलो उपाए यस्तो छ

मोबाइ आजभोलि अत्यावश्यकीय बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ ।

मोबाइल फोन कहिलेकाँही असावधानीका कारण कहि कतै छुट्न वा हराउन सक्छ । मोबाइल हराएर तनाव लिनु भएको छ भने हराएको मोबाइल खोज्न सकिन्छ । यसका लागि तपाइले केही काम गर्नु पर्ने हुन्छ । यसका लागि हामीले केही उपायहरु सुझाएका छौं …

१. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

२. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

 


ताजा खबर