वागमती सरसफाई अभियान तीनसय ४१ औं हप्तामा : काठमाडौंको थापाथली र ललितपुरको कोपुन्डोल क्षेत्रमा व्यापक सरसफाई

काठमाडौं, मङ्सिर ७ गते । वागमती सरसफाई अभियान अन्तर्गत शनिबार पनि सरसफाई जारी रह्यो ।

तीनसय ४१ औं हप्ताको रुपमा शनिबार थापाथली पुल आसपासमा सफाई गरिएको हो  । थापाथली पुलले काठमाडौं र ललितपुर जिल्लालाई छुट्याउँछ ।
काठमाडौंको थापाथली र ललितपुरको कोपुन्डोल क्षेत्रमा व्यापक रुपमा सरसफाई गरिएको छ ।

सरसफाईको लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय क्लब, स्वय्म सेवकहरुको बाक्लो उपस्थिति रहेको छ ।

यसअघि पनि वागमती सरसफाईकै क्रममा त्यस क्षेत्रमा सयौं टनका फोहरलाई व्यवस्थापन गरिएको थियो ।

2019-11-23-4585

सफल नेपाल


ताजा खबर