दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग – सीओपीडी दम, भ्रम र वास्तविकता : डा. सुबोध सागर ढकाल

दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग ( सीओेपीडी दम ) का बिरामीहरु बढ्दै गएका छन् । नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा यो रोगको समस्या रहेको छ ।

मानिसहरुमा सीओपीडी रोग विषयमा धेरै भ्रमहरु रहेको बरिष्ठ छातीरोग बिशेषज्ञ डा. सुबोध सागर ढकाल बताउनुहुन्छ । सीओपीडी दमको विषयमा भ्रम हुँदा पनि मानिसहरु उपचारको पहुँचमा नभएको उहाँको भनाइ छ ।

सीओपीडी दम भनेको दीर्घकालिन रुपमा देखिने श्वास प्रश्वासको समस्या हो । यो रोगका बिरामीमा खोकी लागिरहने, खोकीमा सेतो पहेलो खकार आउने, अलिकति हिड्दा पनि स्वा–स्वा हुने, लगायतको समस्या देखिन्छ । यो रोग धुँलो धुँवामा धेरै समय रहने, धुम्रपान सेवन गर्ने मानिसमा लाग्ने सम्भावना बढी हुन्छ ।

आज हामी तपाईलाई सीओपीडी दमको विषयमा समाजमा रहेको केही भ्रम र त्यसको वास्तविकता बारे जानकारी प्रस्तुत गरेका छौं-

सीओपीडी दमबारे भ्रम र वास्तविकता

भ्रम: दम धेरै मानिसलाई हुँदैन ।
वास्तविकता: नेपालमा प्रत्येक १० जनामध्ये एक जनामा सीओपीडी दम रोग छ ।

भ्रम: दम धुम्रपान गर्नेलाई मात्र हुन्छ ।
वास्तविकता: धुम्रपान दम रोगको प्रमूख कारण भएपनि वायु पदुषण, पेशागत जोखिमहरुको कारणले पनि दमको रोग लाग्ने सम्भावना हुन्छ ।

भ्रम: उमेर बढ्दै जाँदा स्वास्वा हुनु सामान्य हो ।
वास्तविकता: स्वास्वा हुनु सीओपीडी दमको लक्षण हो । यसको उपचार गर्दा पूर्ण रुपमा ठिक हुन्छ ।

भ्रम: दम रोगको पूर्ण उपचार सम्भव छैन ।
वास्तविकता: समयमा सही उपचार गरेमा सीओपीडी दम भएका बिरामीले सहज रुपमा जीवनयापन गर्न सक्छन् ।

भ्रम: सीओपीडी दम भएपछि धुम्रपान त्यागे पनि नत्यागे पनि कुनै प्रभाव पर्दैन।
वास्तविकता: सीओपीडी दम भएका बिरामीले धुम्रपान त्याग्दा अकाल मृत्युबाट बच्न सकिन्छ ।

भ्रम: इन्हेलर औषधि राम्रो होइन ।
वास्तविकता: उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैँ प्रयोग गर्नुपर्ने हुनसक्छ ।

बरिष्ठ छाती तथा निद्रा बिशेषज्ञ डा. ढकाल  काठमाडौं  चावहिलस्थित ॐ अस्पतालमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर