प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।

बाजुराको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको बडीमालिकामा आज सदरमुकाम मार्तडीबाट सरकारी टोलीसहित बाहिरका जिल्लाबाट आएका भक्तजनहरू बडीमालिकाको तीर्थयात्रामा गएका हुन्। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्ल पक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ।

यस वर्ष बडीमालिकामा श्रावण २६ गते मुख्य पूजा लाग्ने भएको छ । प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटक, सरकारी कार्यालय र स्थानीय पर्यटक तथा भक्तजनहरू परम्परा अनुसार एक हप्ता अगाडी नै बडीमालिका जाने गर्दछन् ।

बडीमालिका मन्दिर समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेको छ । त्यहाँ पुग्न सदरमुकाम मार्तडीबाट २ दिनको पैदल यात्रा गर्नुपर्छ ।

औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण बडीमालिकामा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।


ताजा खबर