एलओडी क्लब : जहाँ एलिट वर्ग मध्यरातसम्म झुम्छ :राजपरिवारको फोटो फिचर सहित

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो’ गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल छ । उनले सप्ताहन्त मनाएको त्यो भिडियो ठमेलको ‘लर्ड अफ दी ड्रिंक्स’ (एलओडी) क्लबको हो, जहाँ पूर्वराजा सपरिवार पुगेका थिए । क्लबमै रहेका कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा र पूजा शर्माले पूर्वयुवराज्ञी हिमानी शाहसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।Image may contain: 2 people, people smiling

२७ माघ ०७५ देखि सञ्चालनमा आएको एलओडी राजधानीको सम्भ्रान्त वर्गमाझ लोकप्रिय क्लब हो । अन्तर्राष्ट्रियस्तरको क्लबमा सम्भ्रान्त वर्ग, सेलेब्रिटी, कर्पोरेट, बैंकर, चिकित्सक, इन्जिनियर र विदेशी पाहुना नाचिरहेको भेटिन्छन् । खासगरी, शुक्रबार र शनिबार एलओडी एलिट वर्गका सदस्यहरूबाट भरिभराउ हुन्छ । ‘चर्चित व्यवसायीहरू डान्स फ्लोरमा नाचिरहेको देख्न पाइन्छ,’ क्लबका सञ्चालक रविन श्रेष्ठ भन्छन् ।

Image may contain: 4 people, people smiling

कुनै समय ठमेलमा एलिट वर्ग जान रुचाउँदैनथ्यो । तर, अहिले त्यही वर्ग ठमेलको एलओडी पुग्छ । यो क्लबले ठमेललाई हेर्ने नजर पनि परिवर्तन गरिदिएको रविन बताउँछन् । चर्चित गायक योगेश्वर अमात्यले एकपटक भनेका थिए, ‘अहिले काठमाडौंको एलिट वर्ग ठमेलको एलओडी क्लबमा जमघट हुन्छन् रे !’ उद्योगपति विनोद चौधरीले पनि यसको नाम लिँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको क्लब खुलेको बताएका थिए । कुनै समय चौधरी पनि नाइट क्लबका सञ्चालक थिए ।Image may contain: 4 people, people smiling, people standing

साँझ ७ बजे क्लबको ढोका खुल्छ । ८ बजेदेखि सुरु हुने ‘रक बार’मा ब्यान्डले बजार पिटिरहेका अंग्रेजी र नेपाली गीत गाउँछन् । रंगीबिरंगी प्रकाशले माहोल तताइदिन्छ । राति साढे ११ बजे सुरु हुन्छ, डिजे । त्यसपछि भित्ताको चारैतिर डिजिटल स्क्रिनहरू खुल्छन्, मुख्य लाइटहरू बल्न थाल्छन् । त्यससँगै आगन्तुक पनि झुम्न थाल्छन् । ‘रक बार’ एकाएक ‘क्लब’मा परिवर्तन हुन्छ । अनि लाइटहरू स्टेजतिर होइन, संगीतको तालमा उफ्रिरहेका दर्शकतिर सोझिन्छन् । जति रात छिप्पिन्छ, क्लबमा भीड पनि बढ्दै जान्छ । सप्ताहन्तको भीड व्यवस्थापन गर्न बाउन्सरले क्लबको ढोका नै बन्द गर्नुपर्छ । क्लबमा करिब १८ सय पाहुना अटाउन सक्छन् ।Image may contain: 2 peopleImage may contain: 30 people, people smiling, people standing and crowd

 

एलओडीमा युवाहरू रविन श्रेष्ठ, रुदीप श्रेष्ठ, राजु सिंह र भूपेन कुँवर साझेदार छन् । उनीहरू चारैैजना विदेश भ्रमणमा जाँदा त्यहाँका क्लब छिर्थे । ‘विदेशका क्लब चहार्दै हिँड्ने प्यासनलाई हामीले बिजनेसमा परिणत ग-यौँ,’ रविन भन्छन् । सिंगापुरमा फिल्म मेकिङ पढ्दा फुर्सदमा उनी त्यहाँका क्लब र रेस्टुराँ चहार्थे । त्यतिखेरै नेपालमा केही रेस्टुराँ व्यवसाय गर्नेबारे साथी रुदीपसँग उनको कुरा भइरहन्थ्यो ।

स्वदेश फर्केपछि रविनले रेस्टुराँ व्यवसायमै जम्ने पक्कापक्की गरे । त्यसबीचमा रविनले ‘मोक्ष’ फिल्म बनाए । केही समय बेलायती दूतावासमा पनि काम गरे । रुदीप र रविन मिलेर ठमेलमा ‘गजु’ नामको होटेल खोले । सोही होटेलको कौसीमा उनीहरूले ‘रिफ’ रेस्टुराँ खोले । ‘यो बिजनेस एडिक्सन नै रहेछ, होटेल र रेस्टुराँपछि क्लब खोल्न मन लाग्यो,’ रविन भन्छन्, ‘त्यसैले सन् २०१६ मा त्रिपुरेश्वरमा ‘कर्मा’ नामको क्लब खोल्यौँ ।’Image may contain: 3 people, people smiling, people sitting

‘रिफ’ खोलेपछि रविनले साथीहरूसँग मिलेर ‘मुखौटा’ फिल्म बनाए, जसले त्यति राम्रो व्यापार गरेन । पढाइ फिल्मको भए पनि उनको प्यासन रेस्टुराँ व्यवसायमा थियो । उनको मनमा अन्तर्राष्ट्रियस्तरको क्लब खोल्ने हुटहुटी थियो । लाखौँ खर्चेर विदेशका क्लब धाउने नेपाली युवालाई ग्राहक बनाउन सकिने उनले बुझे ।
अहिले एलओडी भएको ठाउँ पहिले पार्किङ थियो । रविनको टिमले सोही ठाउँ भाडामा लियो । त्यसपछि उनीहरू क्लबहरूको स्ट्यान्डर्ड अध्ययन गर्न विदेश धाउन थाले । ‘हामी अन्तर्राष्ट्रिय ब्यान्ड, डिजे र आर्टिस्टका लाइभ कार्यक्रमहरू आयोजना गर्न मिल्ने क्लब खोल्न चाहन्थ्यौँ,’ रविन भन्छन्, ‘म पनि भारत, थाइल्यान्डतिर ठूल्ठूला ब्यान्ड आउँदा पैसा तिरेर हेर्न जान्थेँ ।Image may contain: 1 person, smiling, sitting

प्लेन चढेर जाँदा–आउँदा एक–डेढ लाख रुपैयाँ खर्च हुन्थ्यो, सँगै समयको बर्बादी पनि ।’ अहिले एलओडीले विश्वका चर्चित ब्यान्ड, डिजे र गायकको लाइभ प्रस्तुति देखाउँछ, दर्शकले १०–१५ हजार रुपैयाँमै मनग्य इन्जोय गर्न सक्छन् । अभिनेत्री नम्रता श्रेष्ठकी दिदी प्रणिताले डिजाइन गरेको क्लबमा सिंगापुर, बेलायत, चीन र थाइल्यान्डका चर्चित क्लबको ‘फ्युजन’ छ ।

रंगशालाजस्तो क्लबको प्याराफिटमा बसेका दर्शकलाई एकअर्काको टाउकोले डिस्टर्ब गर्दैन । जर्मनीको चर्चित ‘डी एन्ड बी अडियो टेक्निक’को साउन्ड सिस्टम राखिएको छ । चीनको ए वान क्वालिटीको लाइट र स्क्रिन जडित छन् । नेपालमा हालसम्मकै उच्चस्तरको प्रविधि एलओडीमा जडित छन् । क्लबमा सिटको वर्गीकरण गरिएको छ, ग्राउन्ड लेभल, भिआइपी र भिभिआइपी । ग्राउन्डमा चिटिक्क परेको आइल्यान्ड बार छ, जसमा ‘फस्ट कम फस्ट सर्भिस’को सुविधा छ ।Image may contain: 8 people, people smiling, indoor

भिआइपीमा टेबल बुकिङ गर्न २५ देखि ३० हजार रुपैयाँ तिर्नुपर्छ । एउटा टेबलमा ६–७ जना अटाउँछन् । भिभिआइपीतर्फ टेबल बुक गर्न ५० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्नुपर्छ । भिभिआइपीमा दुईवटा क्याटेगोरी छन् । आफूले प्याकेज किन्दा तिरेको रकमबराबरको जे खान पनि पाइन्छ । नर्मल क्याटेगोरीमा प्रवेश शुल्क एक हजार रुपैयाँ छ । रविनका अनुसार २५ देखि ४० वर्षका युवा बढी आउँछन् । उनी रातभर क्लबमै खटिन्छन् । भन्छन्, ‘यो मेरो सोखको व्यवसाय हो । मेरो तन, मन र धन यहीँ छ ।’Image may contain: 1 personImage may contain: 4 people, people smiling

 

बाट


ताजा खबर