प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : गोकर्ण विष्ट हटाइए, उपेन्द्र यादलाई कानून मन्त्रालय

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनेछन्। आज अबेर मन्त्री नियुक्त गरिएकाले शपथको समय भने तय भएको छैन।

प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।

उनीहरूको ठाउँमा क्रमशः बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल र लेखराज भट्ट नियुक्त भएका छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनाइएको छ।No photo description available.Image may contain: text

सफल नेपाल


ताजा खबर