सागको मीडिया अधिकार नक्षत्र मीडियालाई

काठमाडौं, मंसिर १ गते । तेह्रौं दक्षिण एसियाली खेलकूद(साग)को प्रत्यक्ष प्रसारण सम्बन्धी अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज मीडियाले खरीद गरेको छ । उक्त खरीद सम्झौतामा राष्ट्रिय खेलकूद परिषद(राखेप), नेपाल ओलम्पिक कमिटि(एन ओ सी) र नक्षत्र मीडियाबीच सम्झौता भएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम नक्षत्र मीडियाले मीडिया अधिकार पाए वापत् राखेपलाई आठ करोड रुपियाँ दिनेछ । नक्षत्र मीडियाले सागको जम्मै खेल प्रत्यक्ष प्रसारण गर्नेछ । सागको अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने जिम्मा भने फिस्कल एजेन्टले पाएको छ । राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नक्षत्र मीडियाका प्रभात रञ्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरधाममा आयोजना हुँदैछ । सागको २७ विधामा सात देशका तीन हजार खेलाडीले स्पर्धा गर्नेछन् ।

रासस


ताजा खबर