एसीसी महिला टी–ट्वान्टीका लागि राष्ट्रिय टिमको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले सोमबार रुबिनाको कप्तानीमा १५ सदस्यीय महिला टिमको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो ।

File Photo

नेपालले घोषणा गरेको टोलीमा मनीषा उपाध्याय पहिलो पटक राष्ट्रिय टिममा अटाएकी छिन् । च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । नेपालले भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ ।

नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


ताजा खबर