भारतमा थप ४५ सय जनामा कोरोना सङ्क्रमण : नौ को मृत्यु

भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी, कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।     -एएनआई


ताजा खबर