आर्थिक संकटले श्रीलंकामा अत्यावश्यक औषधिको अभाव

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक औषधि अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् ।

सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही सातादेखि अन्य उपभोग्य वस्तुको पनि अभाव छ । औषधिको अभावसँगै मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार संचालन गरिए पनि प्रभावकारी काम हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ । -एएनआई


ताजा खबर