वैशाख १ देखि उपत्यकाका सार्वजनिक सवारीको भाडा बृद्धि

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमा चैत २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ ।

भाडा समायोजनसँगै अब यात्रुले चढ्ने बित्तिक्कै र पाँच किलोमिटरसम्मको भाडा २० रुपियाँ तिर्नुपर्ने छ । मन्त्रालयका अनुसार ०–१० किलोमिटरमा २५ रुपियाँ, ०–१५ किलोमिटरमा ३० रुपियाँ, ०–२० किलोमिटरमा ३३ रुपियाँ र २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्दा ३८ रुपियाँ तिर्नुपर्नेछ ।

यसैगरी, ट्याक्सी प्रति २०० मिटरको भाडा १० रुपियाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपियाँ तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइनेछ ।


ताजा खबर