झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ र सीता दाहाललाई ‘प्रसिद्ध प्रवल जनसेवाश्री’

सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल सहित करिब ९ सय जनालाई विभुषण प्रदान गर्ने भएको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता खनाललाई ‘राष्ट्र गौरव’ पदक प्रदान गर्न लागिएको हो। यस्तै, माओवादी अध्यक्ष दाहालकी पत्नी सीतालाई राजनीतिक अभियन्ताको रुपमा ‘प्रसिद्ध प्रवल जनसेवाश्री’ प्रदान गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई ‘नेपाल रत्न’ प्रदान गरिने भएको छ। यस्तै, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष स्व. सुवर्ण शम्शेर जबरालाई पनि ‘राष्ट्र गौरव’ पदक प्रदान गरिने भएको छ।

त्यसैगरी, प्रतिनिधि सभा पुनस्र्थापना गर्ने न्यायाधीशहरूलाई पनि पदकद्वारा विभुषित गरिने भएको छ । सरकारले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘महउज्ज्वल राष्ट्रदीप’ पदक प्रदान गर्ने भएको छ। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ दिने भएको छ।

यस्तै, सर्वोच्चका न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई  ‘प्रसिद्ध प्रवल जनसेवाश्री’ ले विभृषित गर्ने भएको छ।

निलम्बित प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू श्रेष्ठ, सिन्हा, मल्ल र केसी संलग्न संवैधानिक इजलासले ११ फागुन २०७७ मा प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेको थियो।

१ वैशाखमा आयोजना हुने सुभोशन समारोहमा सहभागी हुन विभुषित हुनेहरूले २८ चैतभित्र गृह मन्त्रालयबाट प्रवेश पास लिइसक्नुपर्ने सूचनामा उल्लेख छ।

पदक पाउनेहरुको नामावली यसप्रकार छ ।


ताजा खबर