नकारात्मक प्रतिक्रियारहित होमियोप्याथिक उपचार

डा. धर्मनाथ मण्डल

होमियोप्याथिक उपचार र औषधिको कुनै पनि साइड इफेक्ट छैन । प्रयोग गर्ने तरिका सहज भएको हुनाले बालबालिकाले पनि सहजै खान सक्छन् । होमियोप्याथिक उपचारबाट अरू चिकित्सा पद्धतिबाट निको नभएका बिरामीहरू निको पार्न सकिन्छ । उपचारपछि निको भएर गएका छन् । जुनसुकै रोग लागेको व्यक्ति एलोपेथिक उपचारबाट निको हुन सकेका छैनन् भने पनि विकल्पका रूपमा होमियोप्याथिकमा आउन सक्छन् । तिनीहरू पूर्णतया निको भएर गएका पनि छन् ।
कतिपय शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि होमियोप्याथिक औषधिबाट निको भएको छ । होमियोप्याथिकसम्बन्धी औषधि नेपालमा उत्पादन हँुदैन । नेपालमा जडीबुटी प्रशस्त मात्रामा छ तर औषधि उत्पादन नहुँदा सबै औषधि पनि विदेशबाट ल्याउनुपर्ने अवस्था छ । होमियोप्याथिक उद्योग स्थापना गर्ने हो भने औषधि उत्पादन गर्न सकिन्छ तर त्यसतर्फ सरकार र उद्योगपतिहरूले पनि ध्यान दिन सकिरहेका छैनन् । अधिकांश औषधि भारतबाट आउने गर्दछ । भारतबाहेकका देशमा पनि होमियोप्याथिक औषधि बन्ने गर्दछ । भारतबाट नेपालमा औषधि ल्याउन सहज भएकोले भारतबाट मात्रै ल्याउने गरिएको छ ।

स्वदेशी औषधिलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आउने औषधिलाई भन्सार लगाइएको छ । त्यहाँ होमियोप्याथिकलाई नजरअन्दाज गरिएको छ । आयुर्वेदिक र एलोपेथिक औषधि नेपालमा उत्पादन हुन्छन् । ती औषधिमा भन्सार लगाउँदा हुन्छ तर होमियोप्याथिक औषधि नेपालमा बन्दैन । त्यसैले होमियोप्याथी औषधिलाई भन्सार लगाउनु भनेको जनतालाई बढी मूल्यमा होमियोप्याथिक औषधि बिक्री गर्नु हो । होमियोप्याथिक औषधि एलोपेथिकभन्दा बढी मात्रामा पाइन्छ । नेपाल भित्रिने होमियोप्याथिक औषधि तीन हजार पाँच सयभन्दा धेरै प्रकारका छन् । यी औषधिमा पोटेन्सियल पनि बढी हुन्छ । होमियोप्याथी औषधि अन्य चिकित्सा पद्धतिका औषधिभन्दा धेरै सस्तो हुन्छ । भारतबाट नेपालमा ल्याउँदा पाँच प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । त्यसको मारमा पर्ने भनेको जनतालाई नै हो । सरकारले होमियोप्याथी उपचारलाई अगाडि बढाउनुछ भने यसमा लगाइँदै आएको भन्सार हटाउनुपर्छ । होमियोप्याथिक औषधि नेपालमा जम्मा दुई जनाले मात्र ल्याउने गरेका छन् ।

नेपालमा दर्ता भएका कम्पनी जम्मा चारवटा मात्र छन् । भारतमा दर्ता भएका होमियोप्याथिको कम्पनी एक हजारभन्दा पनि बढी छ । अरू कम्पनीको औषधि नआउनुमा नेपालमा होमियोप्याथिकको प्रचार तथा विस्तार हुन सकेको छैन । अर्को कारण भनेको औषधि व्यवस्था विभागमा औषधि दर्ता प्रक्रिया धेरै झन्झटिलो छ । अलि पहिले त अर्को कुनै कम्पनी खोल्न पहिले भइरहेकोले नो अब्जेक्सन लेटर दिनुपर्ने व्यवस्था थियो । उसले आफ्नो व्यापारका लागि नो अब्जेसन लेटर दिने विषय हुँदैनथ्यो तर अहिले त्यो व्यवस्था हटेको छ । अर्को कम्पनी आएमा मलाई कुनै आपत्ति छैन भनेर नो अब्जेसन लेटरको व्यस्था गर्नु पर्दथ्यो । त्यसले मौलिक अधिकारको हनन भएको थियो । त्यो काम औषधि व्यवस्था विभागले गरेको थियो ।

कोभिडको उपचारमा होमियो औषधि

होमियोप्याथिकबाट मुसाको पूर्ण रूपमा उपचार हुन्छ । मैले दैनिक पाँच जनादेखि २० जनासम्म बिरामी हेर्ने गरेको छु । अहिले सरकारी मातहतमा रहेको पशुपति होमियोप्याथिकमा एलोपेथिक नर्स कार्यरत छन् । होमियोप्याथिकलाई अगाडि बढाउनका लागि भन्सारमा लगाइँदै आएको भन्सार कर हटाउनुपर्छ । नेपालमा होमियोप्याथिकलाई नियन्त्रण र व्यवस्थित गर्ने कुनै काउन्सिल छैन । सरकारले एउटा काउन्सिल बनाइदियो भने पनि त्यसले होमियोप्याथिक उपचार विधिलाई सहयोग गर्न ठूलो मद्दत पुग्ने थियो । अहिले स्वास्थ्य व्यवसायी परिषद्ले नियमन गरिरहेको छ । स्वास्थ्य व्यवसायी एलोपेथिकको सहायक संस्था हो । यसले होमियोप्याथिक चिकित्सालाई नियन्त्रण गर्न सक्दैन । जुन मानिस होमियोप्याथिकबाट परिचित छ उसले मात्र होमियोप्याथिकको उपचार बुझेको हुन्छ । अन्य चिकित्साबाट रोग तत्काललाई निको भए पनि रोगलाई निर्मूल पार्न होमियोप्याथिकले सहयोग गर्दछ । जस्तो कुनै मानिसलाई ग्याष्ट्रिक भइरहेको छ, रुघा सधैँ लागिरहन्छ । माइग्रेन वा टाउको दुखाइ निरन्तर छ ।

औषधि खाएर पनि निको भएको हुँदैन तर होमियोप्याथीबाट त्यस्ता रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । मानौँ २५ वर्षदेखि माइग्रेन छ भने छ महिना होमियोप्याथिकको औषधि सेवन गर्ने हो भने माइग्रेन पूर्ण निर्मूल हुन्छ । जुन कारणबाट माइग्रेन हुन्छ । त्यस कारणकै उपचार होमियोप्याथिकमा हुन्छ । ग्याष्ट्रिक भइरहने मानिसलाई पनि होमियोप्याथिकले निको पार्दछ । बच्चादेखि नै होमियोप्याथी उपचारको बानी बसालेको अवस्थामा त्यो बच्चाको रोग प्रतिरोधात्मक क्षमता अरूको तुलनामा बढी हुन्छ । त्यसैले पनि होमियोप्याथी अन्य उपचारभन्दा बढी प्रभावकारी छ । चिकित्सकको सल्लाहबिना होमियोप्याथिकको औषधि खान हुँदैन । कुनै मानिसले डाक्टर नभएर पनि उपचार गराइरहेका छन् । कुनै साइडइफेक्ट गर्दैन भन्ने थाहा भएपछि उसले उपचार गर्दछ । हो यस्तो विकृतिलाई अन्त्य गर्नका लागि पनि होमियोप्याथिक चिकित्सामा छुट्टै काउन्सिलको व्यवस्था हुनुपर्दछ ।

होमियोप्याथिक उपचार गर्दा होमियोप्याथिक औषधिको मात्रा न्यूनतम प्रयोग गर्नुपर्छ । होमियो चिकित्सा तथा औषधिले शरीरको प्रतिरक्षा गर्ने क्षमता बढाउँछ । जसका कारण पटक–पटक दोहोरिने रोग जरैबाट निको भएर जान्छ ।
होमियोप्याथिक उपचारका विशेषताहरूमा रोगका लागि थोरै र कम मात्रामा औषधि प्रयोग गरिन्छ । होमियोप्याथिकमा नयाँ र पुराना, पटक–पटक दोहोरिने रोगको प्रकृति, ट्युमर, मुसा, किड्नीको पत्थरी, पाइल्स, जोर्नी दुखाइ, हड्डी, खिचेको, नसा च्यापिएको जस्ता रोगको सहजै उपचार हुन्छ ।

होमियोप्याथिक चिकित्सा प्रणालीबाट रोगी जनतालाई सरल, सुविधापूर्ण र नकारात्मक प्रतिक्रियारहित तरिकाबाट स्वास्थ्य उपचार गराउन मद्दत पुग्दछ । शक्तिकृत होमियोप्याथिक औषधि कुशल चिकित्साको निर्देशनमा प्रयोग गर्दा यसबाट कुनै प्रतिकूल असर गर्दैन । होमियोप्याथिक पद्धतिमा लामो समयको अनुसन्धान र पूर्ण स्वस्थ मानिसमा प्रयोग गरी स्थापित भएको चिकित्सा हो । होमियोप्याथिक चिकित्सा प्रणाली सरल, सुरक्षित तथा प्राकृतिक र सस्तो भएकोले नेपालजस्तो देशका लागि अत्यावश्यक रहेको छ । होमियोप्याथिक चिकित्सा प्रणालीलाई विकास गर्न छुट्टै काउन्सिलको आवश्यकता छ । यस्तै होमियोप्याथिक स्वास्थ्य नीति पनि बनाइनुपर्छ र होमियोप्याथिक सरकारी शिक्षण अस्पतालको स्थापना गर्नु जरुरी देखिन्छ ।


ताजा खबर