दिल्ली सरकारले “इ हेल्थ कार्ड” वितरण गर्ने

भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्‍याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रवार निर्देशन दिनुभएको छ ।

भारतमा अर्को वर्ष सन् २०२३ को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई “इ हेल्थ कार्ड” वितरण गरिसक्नुपर्ने भएको हो ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नुपर्ने अधिकारीले जनाएका छन् ।

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दाबी छ । -एएनआई


ताजा खबर