जापान,साउदी अरव, इक्वेडर र युरुग्वे विश्वकपमा छनौट

विश्वकप फुटबलमा जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे छनौट भएका छन् । यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ । अझै १३ टिम छानिन बाँकी छ ।

एशियाली क्षेत्रबाट कतार विश्वकपमा छानिने जापान चौथो र साउदी अरेविया पाँचौं देश हो । अष्ट्रेलियालाई तेश्रो चरणको नवौँ खेलमा अष्ट्रेलियालाई २—० ले हराउँदै जापानले विश्वकपमा स्थान बनाएको हो ।

जापानसँग हारेको अष्ट्रेलियाको विश्वकप खेल्ने संभावना बाँकी नै छ । जापानले यसअघि ६ पटक विश्वकप खेलिसकेको छ ।

साउदी अरब भने यसअघि नै विश्वकप दौडबाट बाहिरिएको चीनलाई १-१ को बराबरीमा रोकेर विश्वकपमा छानिएको हो ।

ल्याटिन अमेरिकी देश इक्वेडरले चौथो पटक विश्वकपमा स्थान बनाएको हो । सन् १९३० को पहिलो र १९५० को चौथो संस्करणको विजेता युरुग्वे भने चौधौं पल्ट विश्वकपमा पुगेको हो । -रोयटर्स


ताजा खबर