प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबिच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटका बेला दुई देशबीचको सम्बन्ध र बिविध आयामहरुको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साउदी अरबका विदेशमन्त्री साउद दुई दिने भ्रमणमा हिजो नेपाल आइपुग्नुभएको हो ।


ताजा खबर