५० प्रतिशत भन्दा बढी बिरामीमा मधुमेह भएपपनि कुनै लक्षण देखिदैन : डा. सुबर्ण ध्वज थापा

मधुमेह वा डाइबिटीज  भन्नाले एक प्रकारको दिर्घरोग हो । यो रोग जस्लाई पनि जुन सुकै उमेरका मानिसमा पनि हुन्छ , साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात डायविटिज भनिन्छ । यो समयमा उपचार भएन भने विभिन्न जटिलता आउछ । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.सुबर्ण ध्वज थापाको भनाइ यस्तो छ ।
कारण 

मधुमेह विभिन्न प्रकारका हुन्छन् ,सबै भन्दा बढी प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो चाहि जीवनशैली बताउने रोग हो  ।

मधुमेहमा कस्ता लक्षण आउछन् 

५० प्रतिशत बिरामीमा मधुमेह भएपछि पनि कुनै लक्षण हुदैन बाकीँ ५० प्रतिशतमा निम्न लक्षण छर्न ।
तिर्खा बढी लाग्ने ।
घाउहरु छिटो निको नहुने ।
पिसब बढी लाग्ने ।
भोक बढी लाग्ने ।
थकाइ  बढी लाग्ने ।
तौल घट्दै जाने  ।
हातखुट्टा झमझमाउने ।
आँखामा समस्या आउने

जोखिम 

यो जोखिम रोग हो । यो दिर्घरोग पनि हो त्यसैले निम्न जोखिम हुन्छ ।
मधुमेह भएपटिछ हर्ट अट्याक हुने ुसम्भावना  ४ गुण बढी हुन्छ ।
किट्नीमा असर भई किट्नी ड्यामेज हुने सम्भावना हुन्छ ।
आँखामा असर गर्ने हुन्छ ।
प्यारालाईसिस हुने सम्भावना ४ गुण बढी हुन्छ ।

ध्यान दिनु पर्ने कुरा 

मधुमेहवारे जचेतना र ज्ञान हुन पर्छ ।
सुगरको जाँच गराउने ।
सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्न पर्छ ।
जीवनशैलीमा परिवर्तन गर्नु पर्छ ।
औषधि नियमित सेवन गर्ने ।
रेगुलर जाँच गरानुपर्छ ।

उपचार 

यस्ता खतरनाक लक्षणहरु भएको ब्यक्तिलाई तुरुन्त चिकित्सा केन्द्रमा लैजानैपर्छ । जीवनशैलीमा नै परिवर्तन गर्ने ,खानेकुरा मिलाएर खानुपर्छ ।
सुगरको औषधि डाक्टरको सल्लाहमा लिने ।
तनाव लिन हुदैन ।
नियमित ब्यायम गर्नु पर्छ ।

डा.सुबर्ण ध्वज थापा  बरिष्ठ मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन् ।


ताजा खबर