सिटिजन लाइफको रोल्पा शाखा शुभारम्भ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा शाखाको आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम बिभाग प्रमुख कुबेर पाठक लागायतले रोल्पा शाखाको उद्घाटन गर्नुभयो ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताउनुभयो ।

उहाँले सिटिजन लाईफ इन्स्योरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताउनुभयो ।

‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’

शुभारम्भ कार्यक्रममा बोल्दै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले इन्स्योरेन्सहरु कम्पनीहरुले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियान कै रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनिले कार्यक्रम संचालन गर्नु भएको, कम्पनीका शाखा प्रवन्धक सन्तोष पन्तको स्वागतमा भएको हो ।

शाखा गत चैत्रदेखि संचालनमा रहेको भए पनि औपचारिक शुभारम्भ भने आईतवार गरिएको छ ।


ताजा खबर